LogoVision Use TV
प्रिमियम स्टोरी
Play Store
App Store
ब्रेकिङ
बजार भाउ किन रातारात आकासिए सरकारी सम्पत्तिलाई निजीमा प्रयोगश्रम संस्कृति पार्टी अध्यक्ष साथै माननीय हर्कराज राईAI ,Chatgpt They are working for the people in this way. दुर्गा प्रसाईले गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्।स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्युनेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो।भवन निर्माणमा अनियमितता : एउटा काम, दुई वटा ठेक्कासाफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल: युवा टोलीको उत्कृष्ट प्रदर्शनडिजेल-पेट्रोल आयात घट्यो, रकम भने ५३ अर्ब बढी विदेशियोबजार भाउ किन रातारात आकासिए सरकारी सम्पत्तिलाई निजीमा प्रयोगश्रम संस्कृति पार्टी अध्यक्ष साथै माननीय हर्कराज राईAI ,Chatgpt They are working for the people in this way. दुर्गा प्रसाईले गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्।स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्युनेपालमा गोली चल्यो केही नेपालीहरू अकालमै मृत्यु भयो।भवन निर्माणमा अनियमितता : एउटा काम, दुई वटा ठेक्कासाफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल: युवा टोलीको उत्कृष्ट प्रदर्शनडिजेल-पेट्रोल आयात घट्यो, रकम भने ५३ अर्ब बढी विदेशियो
गृहपृष्ठमा फर्कनुहोस्
गृहपृष्ठविज्ञान तथा प्रविधिबर्डफ्लुले कुखुरा पालन किशनलाई ठूलै क्षति गरे पनि,केएफसी कुखुराको परिकार बेच्ने
विज्ञान तथा प्रविधि

बर्डफ्लुले कुखुरा पालन किशनलाई ठूलै क्षति गरे पनि,केएफसी कुखुराको परिकार बेच्ने

news admin
news adminविशेष संवाददाता
२०२६-०७-२६
2940 पटक पढिएको
0सेयर

बर्डफ्लुले कुखुरा पालन किशनलाई ठूलै क्षति गरे

बर्डफ्लुले कुखुरा पालन किशनलाई  ठूलै क्षति गरे पनि,केएफसी  कुखुराको परिकार बेच्ने
भियुटि न्युज

काठमाडौँ, साउन ९ गते । चार महिनायता पोल्ट्री क्षेत्रमा ठुलो क्षति पुर्‍याएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण नियन्त्रणउन्मुख बनेको छ । चालु आर्थिक वर्षको साउन १ गतेयता देशका कुनै पनि स्थानमा नयाँ सङ्क्रमण पुष्टि नभएसँगै पशुसेवा विभागले रोग नियन्त्रणको चरणमा पुगेको जनाएको हो । 

पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हाल विभिन्न जिल्लाबाट शङ्कास्पद नमुना परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आउने क्रम जारी छ । हालसम्म परीक्षण गरिएका सबै नमुनाको नतिजा नकारात्मक आएको छ । “यसले सङ्क्रमण नियन्त्रणमा आएको स्पष्ट सङ्केत दिएको छ,” उहाँले भन्नुभयो । 

रोग पुनः फैलिन नदिन निगरानी, प्रयोगशाला परीक्षण तथा पोल्ट्री फार्ममा जैविक सुरक्षा (बायो–सिक्युरिटी) मापदण्ड कार्यान्वयनलाई निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो ।  

विभागले रोग नियन्त्रण उन्मुख भए पनि जोखिम पूर्ण रूपमा टरिनसकेको जनाएको छ । त्यसैले पोल्ट्री फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, शङ्कास्पद लक्षण देखिए तत्काल पशुसेवा कार्यालयमा जानकारी गराउन र नियमित निगरानीलाई निरन्तरता दिन किसानसँग आग्रह गरेको छ ।

यस वर्षको बर्डफ्लु पहिलो पटक २०८२ चैत ४ गते मोरङमा पुष्टि भएको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको पिसिआर परीक्षणबाट सङ्क्रमण पुष्टि भएपछि सरकारले चैत ६ गते प्रभावित क्षेत्र घोषणा गर्दै नियन्त्रण अभियान सुरु गरेको थियो । 

मोरङको सुन्दरहरैँचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका–८ बाट सुरु भएको सङ्क्रमण सुनसरी, झापा, चितवन, नवलपरासी, बारा, महोत्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लामा फैलिएको थियो । महामारीबाट व्यावसायिक लेयर्स, प्यारेन्ट, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की तथा कालिज प्रभावित बनेको विभागले जनाएको छ । 

काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकका ११९ स्थानमा सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौँमा ३२, भक्तपुरमा ४५, ललितपुरमा १५  र काभ्रेपलाञ्चोकमा २७ स्थान रहेका थिए । उपत्यकाका जिल्लामध्ये भक्तपुर सबैभन्दा बढी प्रभावित थियो । ललितपुरमा असार २५ गतेपछि तथा काठमाडौँ र भक्तपुरमा साउन १ गतेयता नयाँ सङ्क्रमण पुष्टि भएको छैन । 

महामारी नियन्त्रणका क्रममा देशभर आठ लाख ३५ हजार ५६३ पन्छी, ११ लाख ६५ हजार ६६३ गोटा अन्डा र दुई लाख ४५ हजार ३५ किलोग्राम दाना नष्ट गरिएको छ । तीमध्ये काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा मात्रै तीन लाख ६७ हजार ८३५ पन्छी नष्ट गरिएको विभागले जनाएको छ । 

महामारीबाट प्रभावित किसानलाई ५२ करोड रुपियाँ व्यवस्था गरिएको र हालसम्म १०४ जना प्रभावित कृषक तथा पोल्ट्री फार्मलाई ५० करोड ७१ लाख १५ हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराइसकिएको विभागले जनाएको छ । 

कुखुराको मासु बेचबिखान गर्ने होटेल रेस्टुरेन्टहरू केएफसी जस्ता रेस्टुरेन्टहरुलाई उल्लेखित क्षति नपुगेको देखियो। अन्तर्राष्ट्रिय मापदण्डअनुसारको व्यवसायी KFC को ग्राहकहरूको भिडले पनि हामी देख्न सके रहेका छौ । 

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

यस श्रेणीका थप समाचार

सोध्नुहोस् | Ask AIChat with Bot
Vision Use TV AI सहायकAI
अनलाइन | Online
शीघ्र प्रतिक्रियाहरू | Quick Options